२४ पुष २०७७, शुक्रबार

काठमाडौं, २४ पुष । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेलले छिटै पदमा पुग्ने लोभका कारण नेकपा दुई समूहमा बिभाजन हुन पुगेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जनप्रतिनिधि भेलामा उहाँले पार्टी बिधि बिधानलाई मिचेर पदको खोजीमा लाग्ने लोभले नेकपा दुई समूहमा बिभाजन हुन पुगेको बताउनुभएको हो ।

निर्वाचित अध्यक्ष र प्रधानमन्त्रीलाई हटाउने खेल मुलुकका लागि हानी हुने देखिएकाले ताजा जनादेशमा जाने निर्णय गरिएको उहाँको भनाइ थियो । आफ्नो समूह नै आधिकारीक नेकपा भएकाले भ्रममा नपर्न उहाँले आग्रह समेत गर्नुभयो ।

सूर्य चिन्ह आफुहरुकै भएको भन्दै सूर्य चिन्हका साथ निर्वाचनमा होमिने पोख्रेलको भनाई थियो । नेकपाभित्रको गलत प्रवृति आफै हटेर जाने समेत पोखरेलको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV