२४ पुष २०७७, शुक्रबार
  • भगतराम थारु

नेपालगन्ज, २४ पुष । निजी तथा आवशिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन डे) को ३० औं स्थापना दिवस भव्यका साथ शुक्रवार नेपालगन्जमा मनाईएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल सम्शेर राणाको प्रमुख आतिथ्यता तथा नगर प्याब्सनका अध्यक्ष विकाश बज्रचार्यको अध्यक्षतामा ३० औं प्याव्सन डे भव्यका साथ मनाईएको हो ।

प्याब्सन डे कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राणाले निजी विद्यालयमा पढेका बालवालिका बेरोजगार कमै हुने गरेको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रलाई राजनिती भन्दा टाढा राख्नुपर्ने धारणा राख्नुभयो ।

यस्तै जिल्ला शिक्षा ईकाई समन्वय बाँकेका प्रमुख राम सुरेश यादवले निजी विद्यालयका शिक्षकलाई तालिमको खाँचो रहेको बताउनुभयो । शिक्षकहरुलाई प्रोत्साहन गर्नको लागि विद्यालय व्यवस्थापन समितिले गहन रुपमा सोच्न आवश्यक रहेको पनि प्रमुख यादवले भन्नुभयो ।

शिक्षक खुशी भए बालवालिका पनि खुशी हुने भएको हुनाले शिक्षकहरुलाई जहिले पनि खुशी बनाउन अभिभावकको पनि उत्तिकै दायित्व रहेको उहाँले धारणा राख्नुभयो । यस्तै नेपालगन्ज उपमहानगरपालिकाका नगर शिक्षा अधिकारी गोरख बहादुर थापाले विद्यालय विद्यालयजस्तो हुनुपर्ने कुरामा जोड दिनुभयो ।

विद्यालय राम्रो भएन भने विद्यार्थीहरुलाई पढ्न जागर नलाग्ने भएको हुनाले विद्यालयको भौतिक संरचनामा पनि विद्यालयले हेर्नुपर्ने दायित्व रहेको उहाँले बताउनुभयो । विद्यालयलाई व्यवस्थापन गर्न अपरिहार्य रहेको भन्दै उहाँले भन्नुभयो, “गुणस्तरिय शिक्षामा जोड दिएको विद्यालयको विकास भएको कुरा उल्लेख गर्नुभयो । एक कक्षाकोठामा कम्तिमा २२÷२५ विद्यार्थी भए मात्र गुणस्तरिय शिक्षा प्रदान गर्न सकिने र शिक्षा अनुसारको मापदण्ड पुरा हुने नगर शिक्षा प्रमुख थापाले बताउनुभयो ।

हरेक विद्यालयले नियम अनुसार विद्यालय संचालन गर्न सके विद्यालयको शिक्षामा सुधार आउने उहाँले बताउनुभयो । विद्यालयले पटक पटक शिक्षक फेर्नु भन्दा शिक्षकहरुलाई तालिम प्रदान गर्न सके टिकाउ र विकाउ दुवै हुने शिक्षक किरण आचार्यले बताउनुभयो ।

निजी विद्यालयहरुका शिक्षकलाई तालिमको खाँचो रहेको उहाँले बताउनुभयो । सामुदायिक विद्यालय भन्दा निजी विद्यालयको रिजल्र्ट एकदमै राम्रो भएको कुरा पनि उहाँले उल्लेख गर्नुभयो । शिक्षण पेशा सम्मानित पेशा भएको हुनाले शिक्षकहरु पनि इमान्दारिता बन्न अति आवश्यक रहेको शिक्षक आचार्यले बताउनुभयो । प्याब्सन डे को अवसरमा नेपालगन्जका ५६ विद्यालयका ५६ जना उत्कृष्ट शिक्षकलाई सम्मानित गरिएको छ ।

सम्मानितमा सगरमाथा ई.मि. स्कूलका सिता पन्त, ब्रिटिस ई.मि. का रेखा मल्ल, स्प्रिङडेल स्कूलका निशा रावल, वेष्टजोनका जनक डिसी, शान्ति विद्या निकेटनका राजकुमार कौशल लगायत ५६ जना शिक्षक सम्मानित भएका हुन् । प्याव्सन डे कै अवसरमा नगर प्याव्सनले रक्तदान समेत गरेको छ जसमा २६ जना शिक्षकले रक्तदान गरेका थिए ।

रक्तदान गरेका सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो । ३० औं प्याव्सन डे कार्यक्रममा प्याब्सन बाँकेका अध्यक्ष राजेन्द्र कुमार आचार्य, प्याव्सन नगर उपाध्यक्ष सरद चन्द रावल, सल्लाहकार कृष्ण बहादुर जिसी, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV