२४ पुष २०७७, शुक्रबार
  • हिक्मत रावल

धनगढी, २४ पुष । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा निर्मला पन्तको बलात्कारी खै लेखिएको टिसर्ट लगाएका ७ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री ओली जनसभामा बोल्दै गर्दा बाहिर सडकमा टिसर्टमा निर्मलाका बलात्कारी खै भन्दै टिसर्ट लगाउने युवाहरुलाई नियन्त्रणमा लिइएको कैलाली प्रहरी प्रमुख अनुपम शमशेर जवराले बताउनु भयो ।

प्रहरी उपरीक्षक जवराले ठूलो भीडभाडमा टिर्सर्ट लगाएर विरोधमा उत्रिएका उनीहरुलाई केही समयका लागि नियन्त्रणमा र अहिले छाडिसकिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV