२४ पुष २०७७, शुक्रबार
  • तारा आचार्य

विराटनगर, २४ पौष । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएको छ । मोरंङ र सुनसरीमा ५–५, झापा र इलाममा ४–४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ५, सुनसरीको धरानमा २, बराहक्षेत्र, बर्जु र इटहरीमा १–१, झापाको विर्तामोडमा २, अर्जुनधारा र गौरीगञ्जमा १–१, इलामको चुलाचुलीमा ४ र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म संक्रमितको संख्या २९ हजार ९ सय ६६ पुगेको छ । संक्रिय संक्रमित २ सय ९७ जना छन् ।

प्रदेश १ मा आज ५१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४७, नोवेल मेडिकल कलेजबाट ३ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार ६ सय २ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार २ सय ३५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ महिला र १८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ११ हजार ३ सय २३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV