२४ पुष २०७७, शुक्रबार
  • तारा आचार्य,

विराटनगर, २४ पुष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेकपाका नेता भानुभक्त ढकालले राजनैतिक दलहरुलाई सडक आन्दोलन भन्दा पनि निर्वाचनको तयारी गर्न आग्रह गर्नुभएको छ ।

शुक्रवार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री ढकालले केही राजनैतिक दलहरुले सरकारविरुद्ध मुद्दा नपाएकाले निर्वाचनको तयारी गर्न सडकमा ओर्लिएको बताउनुभयो ।

उहाँले सरकार प्रदेशसभा विघटनको पक्षमा नरहेको बताउदै सरकार केन्द्रको निर्वाचनको जुटिसकेको र अन्य सरकारलाई विधि सम्मत चल्न दिने पक्षमा रहेको बताउनुभयो । उहाँले छुट्टै परिस्थिति विकास भए वा बाध्यकारी स्थिति आएमा मुलुक अन्य कोर्षमा जानसक्ने धारणा व्यक्त गर्नुभयो ।

एक प्रश्नको जवाफमा मन्त्री ढकालले सरकारले गरेको प्रतिनिधि सभा विघटनको कार्य केहीले असंवैधानिक भनिरहेका बेला सर्वोच्च अदालतले संवैधानिक विषय भनेर संवैधानिक इजलासमा लगेकोले पनि संवैधानिक नै भएको धारणा व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV