२४ पुष २०७७, शुक्रबार

काठमाडौं, २४ पुष । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको विरोध गरेको छ ।

शुक्रबार (आज) काठमाडौंको माइतीघर मण्डलाबाट नेविसंघ नेता–कार्यकर्ताहरु बानेश्वरसम्म उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले प्रतिनिधिसभा विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

उक्त प्रदर्शनमा नेविसंघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, बलदेव तिमल्सिनालगायत सहभागी छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV