२४ पुष २०७७, शुक्रबार

काठमाडौं, २४ पुष । पछिल्लो समय तीब्र रुपमा कोरोना संक्रमित बढ्न थालेपछि चीनले सिजियाचुवाङ शहरमा पूर्ण लकडाउन गरेको छ ।

गत बुधबार मात्रै थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै चीनले १ करोड ३ लाख ९० हजार बढी जनसंख्या रहेको सिजियाचुवाङ शहरमा पूर्ण लकडाउन गरेको हो ।

अहिले शहरका सम्पूर्ण स्कुलहरु बन्द गरिएका छन् । त्यस्तै, त्यहाँका नागरिकलाई शहर छाड्न प्रतिबन्ध लगाइएको बताइएको छ । हाल सिजियाचुवाङ शहरमा कुल ८३ वटा कोरोना भाइरसका सक्रिय केसहरु रहेका बताइएको छ ।

जानकारी अनुसार शहरका सबै नागरिकको परीक्षण होस् भन्ने उद्देश्यले ५ हजारभन्दा बढी परीक्षण केन्द्र तयार पारिएको छन् । करिब ५ महिनापछि चीनमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको पहिलो पटक हो ।

चीनले पछिल्ला केही महिनादेखि कतै संक्रमण देखिए तत्काल लकडाउन गर्ने र सबैको परीक्षण गर्दै आएको छ । का चीनमा अहिलेसम्म ९६ हजार ४ सय ८४ जनामा कोरोना पुष्टि जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरले जनाएको छ ।

त्यस्तै हालसम्म कोरोना संक्रमणका कारण चीनमा ४ हजार ७ सय ८८ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV