२४ पुष २०७७, शुक्रबार

काठमाडौं, २४ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको संसद विघटन गैरसंविधानिक भएको भन्दै ‘संविधानसभा परिषद नेपाल’ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार एक बिज्ञप्ति जारी गदै संविधान परिषद नेपालले प्रधानमन्त्रीको कदम नेपालको संविधान २०७२ ले परिकल्पना नै नगरेको, संविधानको मूल मर्मका साथै भावना तथा मान्यता विपरित गैर संवैधानीक तरिकाले संसद विघटन भएको जनाएको छ ।

बिज्ञप्तिमा प्रधानमन्त्रीको याे कदम निरङ्कुस, संविधानमाथिको नाङ्गो हस्तक्षेप र आक्रमण भएको भन्दै संविधानसभा परिषद नेपालले घोर भत्र्सना गर्दछ भनिएको छ ।

बिज्ञप्ति

प्रतिक्रिया दिनुहोस्

LIVE TV