२४ पुष २०७७, शुक्रबार

धनगढी, २४ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको नयाँ नक्सा प्रकाशित गर्दा केही नक्कली राष्ट्रवादीहरुको टाउको चर्कोरुपमा दुखेको दावी गर्नु भएको छ ।

सरकारले मुलुकको नयाँ नक्सा जारी गरेपछि सरकार नै सिध्याउने खेलमा लागेकाहरुको खेल असफल भएको जिकिर गर्दै केही राष्ट्रवादी भनाउँदाहरु मुुलुकको नभई आफ्नो विकासमा तल्लीन रहेको आरोप पनि लगाउनु भयो ।

कैलालीको धनगढीमा आयोजित आफु निकट नेकपा सुदूरपश्चिम भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मान्छे भन्दा कुरा ठूला गर्नेहरु पनि सुदूरपश्चिम रहेको भन्दै प्रचण्ड–नेपाल समूहका नेता भीम रावलप्रति कटाक्ष पनि गर्नु भयो ।

उहाँले यो देशलाई अघि बढाउछु भन्नेहरु कमजोर भएको हुँदैन भन्दै ३ करोड नेपालीमा २ सय ६५ जना आफुहरुसंग छ भनेर गफ हाँक्नेहरुको के कुरा गर्नु भन्दै प्रश्न पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहलाई देशभरबाट प्रतिनिधिसभामा १० सिट ल्याएर देखाउन चुनौती दिदै भन्नुभयो–नेकपा छोरी बुहारी बनाउने पार्टी होइन ।

उहाँले देश विकास नभइ उनीहरुको ध्यान छोरी, बुहारी, ज्वाई, सालो नाता गोतामा भएको आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV