२४ पुष २०७७, शुक्रबार

काठमाडौं, २४ पुष । नेकपाको प्रचण्ड–नेपाल पक्षले संसद बिघटनविरुद्ध जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र सहित संविधानको पुस्तक पठाएको छ ।

शुक्रबार काठमाडौंको माइतिघरदेखि जुलसका साथ बबरमहल पुगी नेकपा काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्रसहित संविधानको पुस्तक पठाएको हो ।

नेकपा काठमाडौंका इन्चार्ज सावित्रा भुषाल र सचिव हिमाल शर्माले काठमाडौका प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्रका साथै संविधान हस्तान्तरण गर्नुभएको थियो ।

मुलुकको कार्यकारी ओहोदामा रहेर पनि संविधानको रक्षा र कार्यान्वयन गर्नुका साटो मुलुकलाई अस्थीरता तर्फ धकेल्ने योजना मुताविक प्रधानमन्त्रीले अधिकार नै भएको कदम चालेको भन्दै संविधानको पुस्तक पठाइएको नेकपा काठमाडौंका सचिव हिमाल शर्माले बताउनुभयो ।

गत पुष १८ गते बसेको बैठकले पुष २० गतेदेखि माघ २३ गतेसम्मका लागि तय गरेको दोस्रो चरणको विरोध कार्यक्रम अन्तर्गत शुक्रबार विरोध पत्र सहित संविधानको पुस्तक पठाइएको नेकपाले जनाएको छ ।

 

 

तस्वीर : महेश्वर के.सी.,

प्रतिक्रिया दिनुहोस्

LIVE TV