२४ पुष २०७७, शुक्रबार

काठमाडाैं, २४ पुष । बजारमा बेहाल छ , वेथिति छ र मनपरी पनि । उपभोक्ता ठाडै ठगिदै आएको बजारमा अनुशासनको पनि अभाव छ । तर यस्मा व्यापारीको मात्र नभइ उपभोक्ताको पनि दोष रहेको ठहर बाणिज्य , आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको ठहर छ । तर बजार बजार जस्तो भने नरहेको निष्कर्ष भने विभागको पनि छ । विभागले आफुले सकेसम्म प्रयास गरेको दावी गर्दै बजारमा अनुशासन कायम गर्न र उपभोक्ता मारमा पर्न नदिन प्रयासरत रहेको पनि दावी गरेको छ । बजारको विषयलाई लिएर बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईसंग न्यूज २४ नेपाल डट टिभीका लागि कृष्णकुमारी चौलागाईले गरेको कुराकानीको मुख्य अंश

अहिलेको बजार अनुशासित छैन भनिन्छ ? अनुशासानको दायरामा ल्याउन नसक्नुको दोष वाणिज्य विभागलाई नै जान्छ नि !

बजारमा यो विषयमा चर्चा छ । खासमा बजार अनुशासित छैन र बजार बजारजस्तो छैन । व्यापारका मूल्य मान्यता र धर्म प्रवाह भएको छैन भन्नेकुरा म आफ्नै कार्यलयबाट भएको काम कारवाहीबाट भन्न सक्छु । अघिल्लो चौमासिक अर्थात साउनदेखि कात्तिकसम्मको बजार अुगमनमा विभागले करिब १२ सय फर्म पसल वा व्यवसायको अनुगमन गरेकोमा जम्मा ६२ वटा व्यवसायीमा मात्रै कुनै कैफियत निस्किएन बाँकी सबैमा कैफियत निस्कियो । यहिँ भनाइले नै हाम्रो बजार कस्तो छ भन्ने स्पष्ट हुन्छ ।

बजार त्यसो हुनुमा व्यवासायीहरुको नानीदेखी लागेको बानीको कारण होकि नियमन निकायले चाडपर्वमा मात्र नियमन गरेको भएर हो ?

व्यापार गतिशील विषय हो । यो विषयलाई एउटा मात्र निकायले नियमन गरेर राख्न सक्दैन । बजार सुर्धानका लागि एउटा वाणिज्य विभागबाट मात्र सम्भव हुँदैन । जसको लागि उपभोक्ता पनि सचेत रहन आवश्यक छ । उत्पादन भन्दा पनि छिटो कमाउ भन्ने बानीको कारण पनि बजार सुधार हुन सकेन । सफा गर्नुपर्ने बजारको क्षेत्र धेरै नै छ । यसको लागि नियमन निकाय भन्दा पनि उपभोक्ता स्वयम् नै अलिकति सुधारिने हो भने पनि बजार सफा बन्दै जान्छ ।

व्यापारीको कारणले मात्र बजार विग्रने होइन । बजार सुर्धानको लागि व्यापारीलाई हामीले सिस्नोपानी लगाउनुपर्ने, तर उपभोक्ताको पनि दायित्व बन्न जान्छ । यस अर्थमा विभाग दोहोरो चपेटामा छ, सिद्धान्त नै दोहोरो चपेटामा छ । उद्यम व्यापारलाई मोटीभेट गरेमा पो मुलुकको अर्थतन्त्र भाइब्रेट हुन्छ । एकै समयमा सिस्नोपानी लगाउने र मोटिभेट गर्न सम्भव छैन, र पनि विभागले आफ्नै किसिमले काम कारवाही गरिरहेकै छ ।

बजारमा छ्यापछ्पाप्ती गूणस्तरहिन सामानहरु अझै पनि छन् नि होइन ?

बजारको अनिमतिताको जिम्मेवारी वाणिज्य विभागलाई मात्र दिइन्छ । तर बजार अनुगमनको १८ ओटा ऐन, नियमहरु छन्, जस्का लागि विभिन्न निकायहरु पनि छन् । यसको लागि एउटामात्र निकायबाट सम्भव पनि रहँदैन ।

हामी यति सभ्य नभएको भए बजारको स्थिति कस्तो हुन्थ्यो होला । तरपनि हाम्रो बजार यस्तो छैन । अहिले संघीय संरचनासंगै ७७ वटै जिल्लाका सहायक प्रमूख जिल्ला अधिकारीलाई बजार अनुगमनको लागि अधिकार दिइएको छ, स्थानीय र प्रदेश सरकारलाई पनि छ । यद्यपि विभागलाई यस्को जिम्मेवारी धेरै छ । यस्तो नियमन अहिलेपनि भइरहेको छ, विभागका प्रतिनिधिहरु अहिले पनि बजार अुगमनको लागि गइरहनु भएको हुन्छ । यसो भनिरहँदा मैले दाहो¥याइरहने कुरा विभाग एक्लैको पहलमा गुणस्तरहनि सामग्री वा बजार अनुशासनमा ल्याउन सकिदैन । यस्को लागि उपभोक्ताको नै उपस्थिति हुनुपर्छ ।

गूणस्तरहिन सामानको कुरा गर्दा जोड्न मनलागेको हाम्रो कल्चर पनि हो । उपभोक्तामा आफूले किन्दै गरेको सामग्रीको बारेमा जान्ने त्यसको डेट के छ, गूणस्तर हो होइन भन्ने बुझेर किन्ने कल्चर अझैपनि विकास भएको छैन । जस्को कारण पनि गूणस्तरहिन सामानहरुको विक्रीवितरण मौलायो ।

पछिल्लो समय महंगी पनि बढीरहेको छ र बजारमा एकरुपता पनि पाइदैन, किन यस्ताे हुन्छ ? 

माग र आपूर्तिको सिद्धान्त अनुसार वस्तुको मूल्य बजारले निर्धारण गर्ने हो । मंहगी नियन्त्रणको लागि उपभोक्ता सचेत भइनसकेको अवस्थालाई विचार गरेर राज्यले आफ्नो उपस्थिति देखाएको छ । विशेषगरी चाडवाडको बेलामा राज्यले आफ्नो भुमिका बढाएको पाइन्छ ।

अहिलेको अवस्थामा हेर्दा ग्लोबल मार्केटमा तलरता आएका छन् । जस्का कारण खाद्य र निर्माण सामग्रीमा तरलताका कारण मंहगी बढेको छ । जस्को हामीले सम्बोधनको प्रयास गरिरहेका छौँ । गुनासो बढेसंगै हामीले गुनासो सुन्ने माध्यम बढाएका छौँ । ११३७ ट्रोल फिको व्यवस्था गरेका छौँ, सामाजिक सञ्जाल मिडियाका माध्यमबाट आएका गुनासोलाई विचार गरेर हामी बजार अनुगमन गरिरहेको छौं ।

पछिल्लो समय रिलेबलिङको कुराहरु जोडतोडले आएको थियो ? रिलेबलिङको सन्दर्भमा ठूला माछा उम्किने साना माछा फस्ने भएको हो ?

यो विषयमा एक किसिमको हावा फैलिएको छ । यस विषयमा वास्तविकता नबुझी घटना बाहिर आएको हो । ऐनमा भएको व्यवस्था र फिल्डमा अनुसन्धान अधिकृतले पत्ता लगाएको विषयमा एकिन नभई विषयहरुलाई उभार लगाइएको हो ।

खास वास्तविक यो कुकर्म कस्ले गर्यो भन्ने न्यायिक मनले हेर्नु पर्छ । ऐनको दफा ५५ मा कुनै कर्मचारीलाई पनि कार्बाही हुन्छ । कुनै केशमा कानूनी रुपमा प्रोपाइटरको रुपमा वृद्धवृद्धा रहने, तर जिम्मा चाहिँ अर्को व्यक्तिले लिएको हिसाबमा प्रोपाइटर भन्दा पनि जस्ले गल्ती गर्छ उसलाई कारवाही गरिन्छ । यो उपभोक्ता ऐन आइसकेपछि रिलेबलिङको सदन्र्भमा सबैभन्दा ठूलो कारबाही हो । यसको लागि त विभागले हाई हाई हुनु पर्ने हो ।

बजारमा बिचौलियको पनि बिगबिगी छ, यस्मा चाहिँ विभागले काम गर्न नसकेको हो ?

यस विषयमा प्रयास जारी छ । उद्योगबाट उत्पादित वस्तु उपभोक्ता र क्रेतासम्म पुर्याउने विभिन्न तारिकाहरु प्रचलनमा छन्। वस्तु उत्पादकबाट उपभोक्तासम्म पुग्न जति कम तह भयो, त्यति नै राम्रो मानिन्छ । तह र कमिसनबीच सकारात्मक सह–सम्बन्ध हुने हुनाले तह घट्दा वस्तुको लागत घट्न गई खुद्रा मुल्य कम हुन्छ जसले उपभोक्तालाई लाभ प्राप्त हुन सक्छ।

आपूर्ति श्रृंखलाको अन्तर्राष्ट्रिय प्रचलन अनुसार सामान्यत ४ र ५ तह पूरा गरेर मात्र वस्तु उपभोक्तासम्म पुग्ने गरेको पाइन्छ । नेपालको सन्दर्भमा अनावश्यक विचौलियाहरुले गर्दा असहज भएको हो । नेपालको सन्दर्भमा कृषिजन्य सामग्रीमा विचौलियाको तह बढी रहेको र जस्को कारण किसा मारमा र बिचौलिय शानमा परेको पाइयो । यसको पनि विभागले अध्ययन गरिरहेको छ । कसरी विचौलियाको चेनलाई कम गरेर उपभोक्ता र उत्पादकलाई सहज बनाउन सकिछ भन्ने मानेमा । बजारलाई कसरी स्वच्छता कायम गर्न सकिन्छ भन्ने विषयमा हामी लागि रहेका छौँ ।

बजार स्वच्छ बनाउनका लागि बजार नियन्त्रण आवश्यक छ, त्यसका लागि उपभोक्ता संरक्षण समितिले केकस्ता काम गरिरहेको छ ?

बजारलाई स्वच्छता कायम गर्न एउटा उपभोक्ता समितिले मात्र सम्भव हुदैँन । जस्को लागि मिडियाहरुले खबरदारी, अपभोक्ता सचेतना, व्यापारीहरुको धर्मलाई पनि ध्यानमा राख्नु पर्छ । जसको लागि विभागले सचेताको लागि काम गरिरहेका छौँ । विभिन्न तहहरुसंग समन्वय गरेर अगाडि बढ्ने भन्ने हाम्राे प्लानिङ पनि रहेको छ ।

चाडबाडमा मात्र बजार अनुगमन हुन्छ भन्ने उपभोक्ताको गुनासो रहेको छ नि ?

यस्तो छ, चाडबाड र बढी कारोबार हुनेबेलामा नियमन हुनु स्वभाविक हो । यस्लाई नेचुरल कुरा हो । भीड लागेको ठाँउमा के भएको हो भन्ने चासो रहनु स्वभाविक हो । तर अहिलेपनि दैनिक ४ वटा टोली नियमित र आकस्मिक रुपमा बजार अनुगममा लागेको छ । अब भन्नुस् हामी कहाँ निर चाडवाड केन्द्रित भयौँ ?

तश्वीर : महेश्वर के.सी. / न्यूज २४ नेपाल

प्रतिक्रिया दिनुहोस्

LIVE TV