२४ पुष २०७७, शुक्रबार
  • महेश्वर के. सी.

काठमाडौं, २४ पुष । संसद् विघटनविरुद्ध विवेकशील पार्टीले विरोधस्वरूप ऐना प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै विवेकशीलले शुक्रबार माइतीघर मण्डलामा ‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको मूल ब्यानरमा प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्रीको कदम अस‌‌‌‌वैधानिक रहेको भन्दै पार्टीले ऐना प्रदर्शन गरेको हो । प्रदर्शनमा लोकतन्त्रको सर्वोच्चताको जोगाउँदै लुटतन्त्रको अन्त्य हुनुपर्ने, नागरिकको साथ छ, सर्वोच्चको आश छ,प्रतिगमन र अधिनायकवादको अन्त्य हुनुपर्ने माग राखेको छ।

यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभएकाे थियाे । त्यसविरुद्ध सर्वोच्चमा रिट परेको छ भने सबैजसो राजनीतिक दल र तिनका भातृसंगठनहरुले विरोध प्रदर्शन पनि गर्दै आएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV