२३ पुष २०७७, बिहीबार
  • दिलिप सहनी,

सिरहा, २३ पुष । सरकारले कोरोनाको उपचार तथा रोकथाममा खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई शत प्रतिशत प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको छ ।

गत वर्षको चैत ९ बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई ५०, ७५ र १०० प्रतिशतको दरले जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो । तर, सरकारले निर्णय गरेपनि ज्यान जोखिममा राखेर कोरोना संक्रमणमा खटिएका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाएका छैनन् ।

सरकारले कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सकलाई १०० प्रतिशत, दोस्रो तहमा रहेर काम गर्नेलाई नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई ७५ प्रतिशत र त्यसभन्दा बाहिर हुने तर कोरोना विरुद्ध खटिएकालाई ५० प्रतिशतको दरले जोखिम भत्ता उपलव्ध गराउँने निर्णय ग¥यो ।

तर कोरोना महामारीमा अवरात खटिएर काम गर्ने स्वास्थ्यकर्मीहरुले भने अहिलेसम्म पनि जोखिम भत्ता पाउँन सकेका छैनन् । कोरोना संक्रमितको उपचारमा खटिएका सिराहाका स्वास्थ्यकर्मी तथा प्राविधिकहरू आफैले पाउँनु पर्ने तलब–भत्ताको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

कोरोना जोखिमका बेला उपचारमा खटिएका मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीहरू समेत तलब–भत्ताको माग गर्दै जिल्ला अस्पताल सिराहामा धर्नामा बसिरहेका छन् ।

सदरमुकाम सिराहाको चन्द्र माध्यामिक विद्यालयको आइसोलेसन, सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको छात्रावास आइसोलेसन र महेन्द्र गेनाई कोरोना अस्थायी अस्पतालमा खटिएका चिकित्सक र प्राविधिकलाई पाँच महिनाको तलब–भत्ता नदिएकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको एचए ओमप्रभास ठाकुरको भनाइ छ ।

कोरोना विरुद्धको लडाईमा अग्रपन्तिमा खटिएर काम गरेका चिकित्सक र प्राविधिले असारदेखि कात्तिकसम्मको तलब–भत्ता नभएको गुनासो गरे । साथै आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी र प्राविधिकले तलब–भत्ता र कोभिड–१९ महामारीमा खटिएकाले पुनः नियुक्ति गरिनुपर्ने माग राखेका छन् ।

सिरहा जिल्ला अस्पताल मातहत नौजना मेडिकल अफिसर, एचए, अहेव, स्टाफ नर्स, अनमी, प्रयोगशाला प्राविधिक, स्प्रे प्राविधिक, कार्यालय सहयोगी, ड्राइभर गरी ६६ जनाको तलब–भत्ता, खाना र होटेलमा बास बसेको रकम नपाएको दुखेसो गरिरहेका छन् ।

भने साथै आफूहरूको तलब र जोखिम भत्ता र पुनः नियुक्तिको माग पूरा नभए जिल्ला अस्पताल ठप्प पार्ने भन्दै चेतावनी दिइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV