२३ पुष २०७७, बिहीबार

काठमाडौं, २३ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओली पार्टीको विधि र पद्धति अनुसार नचलेका कारण समस्या भएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा घोषित दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्र्तगत नेकपाले विहीबार (आज) नागरिक समाजसँग काठमाडौंमा गरेको अन्तरक्रियामा नेपालले प्रधानमन्त्रीले लोकतन्त्र र संविधानमा धावा बोलेको भन्दै यस विरुद्ध सबै एकजुट भएर लाग्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओली पार्टीको विधि र पद्धतिमा नचलेको कारणले पार्टीमा समस्या आएको उहाँको आरोप थियो । त्यस्तै नेकपा बरिष्ठ नेता झलनाथ खनालले संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बेला आएको भन्दै संसद पुनस्र्थापना मार्फत मात्रै संविधानलाई बचाउन सकिने बताउनुभयो ।

कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगानाले सरकारबाट अदालतलाई धम्की दिने काम भइरहेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने बताउनुभयो । संसद विघटनका लागि ओलीसँगै समग्र नेकपा नै जिम्मेवार रहेको उहाँले भनाइ थियो ।

त्यस्तै मानव अधिकारवादी कृष्ण पहाडीले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलनको आवश्यकता औल्याउनुभयो । राष्ट्रिय मानव अघिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले राजनीतिक दलको झगडामा नेपाली जनता असहजतामा बाँचिरहेको बताउनुभयो ।

कार्यक्रमका वक्ताहरूले पार्टी एकतायता नेकपाका तर्फबाट भएका कमीकमजोरी, गल्तीप्रति जनता सामु माफी माग्नुपर्ने धारणा समेत राखेका थिए ।

  तस्वीर : महेश्वर के.सी.,

प्रतिक्रिया दिनुहोस्

LIVE TV