२३ पुष २०७७, बिहीबार
  • सन्तोष काफ्ले,

सुनसरी, २३ पुष । झुटो विवरण पेस गरेर नाकरिकता लिएको आरोपमा एक महिला पक्राउ परेकी छन् । स्याङ्जा जिल्लाकी मञ्जु क्ष्ँेत्रीले धरान ९ स्थाई ठेगाना बनाई झुटो विवरण पेस गरी मञ्जु सेजुवालको नाममा नागरिकता लिएको खुलेपछि उनी पक्राउ गरेकी हुन् ।

उनले अर्खाखाचीको दिभर्ना–१ का गोपाल सेजवाललाई नक्कली बाबु बनाई धरानबाट नागरिकता लिएकी धरान प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष रत्न कटुवाल

धरान–३ बाट ९ मा सरिआएको भनि झुटो विवरणसहितको सिफारिस बनाइदिने वडा नम्बर ९ का वडा अध्यक्ष रत्न कटुवाल तथा वडा सचिव रञ्जु भुजेल भने फरार रहेका छन् ।

अहिले उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र वस्नेतले जानकारी दिए । झुटो विवरण सहितको सिफरिस गरेर नागरिकता दिलाउन सहयोग गर्ने धरान–९ का वडा अध्यक्ष रत्न कटवालविरुद्ध जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी भएको छ ।

अध्यक्ष कटुवाल सचिव भुजेलसँगै इलाका प्रशासन कार्यालय धरानका तत्कालीन अधिकृत जयराम श्रेष्ठ समेत अनुसन्धानमा तानिएका छन् ।

स्याङ्जाको वालिङ ३ घर भएकी मञ्जु क्षेत्रीले २०७५ माघ ८ गते धरानबाट २०५५ सालको जन्मदर्ता बनाई दुई बर्षअघि २० बर्ष उमेरको नागरिकता लिएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV