२३ पुष २०७७, बिहीबार
  • इरफान अली,

वीरगन्ज, २३ पुष । अनेरास्ववियू केन्द्रीय संघको सर्कुलर अनुसार आज वीरगञ्जमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विरोधमा अनेरास्ववियू पर्साका अध्यक्ष रामबाबु यादबको अध्यक्षतामा विरोध प्रदर्शन तथा पुत्ला दहन गरिएको हो ।

वीरगन्जको घडीअर्वा पोखरीबाट शुरु भएको उक्त विरोध प्रदर्शन माइस्थानमा पुगेर कोणसभामा परिणत भएको थियो ।

विरोध प्रदर्शनमा सहभागीहरुले केपी ओली मुर्दावाद, संसद विघटन गर्न पाइँदैन, संविधान विरोधी निर्णय खारेज गर,लगायतका नारासहित नगर परिक्रमा गरेका थिए । प्रदर्शनको क्रममा पर्सा प्रहरीले हस्तक्षेप समेत गरेको थियो ।

केपी शर्मा ओली शक्ति आर्जनका लागि जस्तोसुकै कदम चाल्नसक्ने भएकाले गणतन्त्र खतरामा पर्न सक्ने सङ्केत गर्दै उक्त जोखिमपूर्ण अवस्था आउन नदिनका लागि अनेरास्ववियू सडकमा उत्रिएको पर्साका अध्यक्ष रामबाबु यादब बताए ।

कार्यक्रममा नेकपाका जिल्ला कमिटी सदस्य मनोज चौधरी, नेता अर्विन्द सिंह, राष्ट्रिय युवा संघका केन्द्रीय अरुण यादब, अनेरास्ववियुका केन्द्रीय सदस्यहरु प्रभावकर गुप्ता, शिवम साह, जुवेर आलम, अनेरास्ववियु ठाकुरराम क्याम्पस इकाई अध्यक्ष सन्दिप गुप्ता, युवा संघका महानगर अध्यक्ष उमेश ठाकुर, अनेरास्ववियुका नेताहरु रन्दिप श्रीवास्तव, उपेन्द्र साह, रामबाबु मण्डललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV