२३ पुष २०७७, बिहीबार
  • मनिराज पाण्डे

कालिकोट, २३ पुस । पलाँता गाउँपालिकाले गाउँपालिकाको भवन निर्माणका लागि शिलान्यास गरेको छ ।२०७५ साल साउन ३१ गते पलाँता गाउँपालिकाको अस्थायी केन्द्र पलाँता ९ मा बसेको चौथो विषेश गाउँ सभा बैठकले गाउँपालिकाको स्थायी केन्द्र लाडेका राख्ने निर्णय गरेको थियो । त्यस बेला स्थायी केन्द्रको टुगो लागेपछि स्थानीयबासिन्दाले खुशीयालीमा अबिरजात्रा गरेका थिए ।गाउँपालिकाको टुंगा लागेपनि गाउँपालिका कार्यालय अस्थायी केन्द्र पलाँता ९ थिर्पुमा नै रहेको थियो । स्थानीयको दबाफपछि बुधबार पलाँता २ को लोडेमागाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले गाउँपालिका भवन निर्माणका लागि शिलान्यास गरेका छन् ।

गाउँपालिका केन्द्र तोकीएको ठाउँ सबै वडाको सेन्टरमा भएपनि त्यहाँ नजिकै घना बस्ती र बजारिकरणको सम्भावना भने कमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV