२३ पुष २०७७, बिहीबार
  • मनिराज पाण्डे

कालिकोट, २३ पुस । पलाँता विकास निर्माण कार्यदलले गाउँपालिकामार्फत संचालन गरिने विकास निर्माणका कार्यहरु समयमै गर्ने भएको छ ।गाउँपालिकामा संचालन गरिने सडक निर्माण, खानेपानी, बिद्युत, भवन निर्माण लगायतका कामहरु गर्दै आएको छ । पलाँता विकास निर्माण दलमा १ सय ५० जना रहेको र यो संख्या यस बर्ष बढ्ने पलाँता गाउँपालिका अध्यक्ष लमणबहादुर बमले बताउनु भयो ।

गाउँपालिकाले दिएको जुनसुकै काम सम्पन्न गर्न कुनै कसुर बाँकी नराख्ने विकास निर्माण कार्यदलका टिम लिडर कल बहादुर बमले बताउनु भयो । पलाँता विकास निर्माण दलको सुरुवात भएदेखि विकास निर्माणका कामले गती लिएको पलाँताका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताउनु भयो ।

बिभिन्न समयमा विकास निर्माणदलले भुक्तानी नपाएको भन्ने गुनासो आएपनि विकास निर्माण दल निरन्तर विकासका काममा भने जुटीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV