२३ पुष २०७७, बिहीबार
  • आशिष केसी,

सल्यान, २३ पुष । सुर्खेत हुँदै सल्यानको सल्लिबजार आउँदै यात्रुबाहक बस भेरी नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोबिन्द थापाले कालिमाटीदेखि दिउँसो १२ः३० बजे सल्लीबजार जाँदै गरेको बस भेरी नदीमा खसेको खबर आएको बताए ।

दुर्घटना स्थलमा भर्खरै सुर्खेत प्रहरी पुगेको बताइएको छ । उक्त बस सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गराले बजार नजिकै भेरी नदीमा खसेको बताइएको छ ।

नदीमा बस पूरै डुबेकाले बसमा कति जना यात्रु सवार थिए ? भन्ने एकिन नभएको डीएसपी थापाले बताए । घटनाबारे थप विवरण आउन बाँकी… ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV