२३ पुष २०७७, बिहीबार

काठमाडौं, २३ पुस । परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न हेल्पलाइन नम्बर ‘११४३’ सुरु भएको छ ।२७ डिसेम्बर, २०२० बाट परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले एक छोटो कोड तथा निःशुल्क हेल्पलाइन नम्बर “११४३” सुरु गरेको हो ।

परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा दिनको लागि सो नम्बर सुरु गरिएको छ । सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । यस्ता सेवाहरूले संयोगले नभई रोजाईले बच्चा जन्माउने अवसर प्रदान गर्दै आएको छ ।

हेल्पलाइन ११४३ ले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना प्रदान गर्छ भने महिलाहरूलाई आफ्नो रोजाईमा प्रजनन् सम्बन्धी निर्णय लिन सहयोग गर्ने जनाइएको छ। सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपाल यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्ने संगठनहरूको विश्वव्यापी साझेदारीका रुपमा रहेको र सन् १९७६ मा स्थापित मेरी स्टोप्स् इन्टरनेसनलको नेपालका लागि समर्पित संस्था हो ।

११४३ ले “म तिमीलाई प्रेम गर्छु” भन्ने बुझाउँछ । यसले प्रियजनहरू प्रति रहेको माया र प्रेमको प्रतिनिधित्व गर्दछ भने आफ्नो प्रियजनहरूको रोजाई प्रतिको तपाईको साथलाई पनि जनाउँछ ।

११४३ मा मेरी साथी काउन्सेलरहरूसँग कुरा गर्न सक्ने र उनीहरूले प्रजनन् सम्बन्धी रोजाईका बारेमा मार्गनिर्देशन दिनेछन् । हाम्रो “मेरी साथी” ले सन् २०११ देखि परामर्श सेवाहरू प्रदान गर्दै आएको छ । यी सेवाहरू हरेक दिन बिहान ७ बजे देखि राती १२ बजे सम्म खुला रहनेछ ।

सुनौलो परिवार नेपालले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धित विभिन्न आवश्यकताहरू पूरा गर्न विस्तृत रुपमा सेवाहरू प्रदान गर्दछ । ईच्छा विपरीत हुने जन्महरू रोक्नका लागि सुनौलो परिवार नेपालले सुलभ मूल्यमा गुणस्तरीय सेवाहरूको पहुँच बढाउँदै आएको छ । साथ – साथै यस संस्थाले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सचेतना र बुझाई बढाउन विभिन्न कार्यक्रमहरू संचालन गर्दै आएको छ ।

सुनौलो परिवार नेपालले पैरवीमा आधारित कार्यक्रमहरू अघि सार्दै खास गरी सीमान्तकृत तथा पहूँचमा नभएका जनसंख्याका साथै सन्पूर्ण व्यक्तिहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी मौलिक अधिकार प्रयोग गर्न सहयोग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV