२१ पुष २०७७, मंगलवार
  • तारा आचार्य,

विराटनगर, २१ पुष । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा झापा विर्तामोडका उद्योगी टीका ढकाल निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा भएको तेस्रो साधरणसभाबाट ढकाल निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

संघको जिल्ला नगरतर्फको उपाध्यक्षमा भीमबहादुर पौडेल र एसोशिएटतर्फको उपाध्यक्ष उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यसमेत रहेका उद्योगी राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् ।

संघको केही दिनअगाडि सम्पन्न भएको अधिवेशनमा राउत निर्विरोध निर्वाचित भएका हुन् । पौडेल इटहरी उद्योग वाणिज्य संघको अध्यक्ष थिए, संघको कोषाध्यक्षमा रमेश राठी निर्वाचित भएका छन् ।

यस्तै जिल्ला नगर सदस्यमा युवराज शाक्य, कुमार भट्टराई, भुपाल राज कटुवाल, वीरेन्द्रकुमार साह, प्रितम खड्गी निर्विरोध भएका छन् । यस्तै एसोसिएट सदस्यहरुमा सुवास आचार्य र राजन श्रेष्ठ, वस्तुगत सदस्यमा रविनकुमार दाहाल, श्रवण कुमार अग्रवाल निर्विरोध चयन भएका छन् ।

यसअघि ११ पुषमा निर्वाचन हुने मिति तोकिएको थियो । साधारणसभा रोक्न माग गर्दै गर्ग प्रिन्टर्सको तर्फबाट दायर भएको रिटको सुनुवाई गर्दै उच्च अदालत विराटनगरले पुस १० गते निषेधाज्ञायुक्त परमादेश जारी गरेको थियो ।

१४ पुसमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश खारेज गरेपछि सोमबार साधरणसभा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV