१४ पुष २०७७, मंगलवार
  • अभिमन्यू लामिछाने

उदयपुर, १४ पुस । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले उदयपुरमा शक्ति प्रदर्शन गरेको छ ।जिल्ला सदरमुकाम गाईघाटमा प्रदर्शन गरेको यो समूहले हजारौको संख्यामा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेको थियो । शक्ति प्रदर्शनका लागि जिल्लाका विभिन्न पालिकाहरुबाट समेत कार्यकर्ता ल्याइएको थियो । गाईघाटको पिपलचोकबाट सुरू भएर बजार परिक्रमा गर्दै पीपल निस्किएको जुलुस पीपल चोकमा आएर सभामा परिणत भएको थियो ।

विरोध सभालाई केन्द्रीय सदस्य तथा नेकपा प्रदेश १ सचिब सुरेश कुमार राई, केन्द्रीय सदस्य जगनाथ खतिवडा, बलदेब चौधरी, प्रदेश सांसद सुनीता चौधरी, नारायण बुर्जा मगर,जिल्ला अध्यक्ष बिनोद कटुवालले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश नेताले केपी ओलीको संसद बिघटनको बिरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV