६ पुष २०७७, सोमबार
  • अभिमन्यू लामिछाने

उदयपुर, ६ पुस । सरकारको सिफारीसमा विद्यादेवी भण्डारीले संसद विघटन गरिएको विरोधमा सोमबार उदयपुरको कटारीमा पनि विरोध प्रदर्शन गरिएको छ ।

संसद विघटनको विरोधमा युवा संघ कटारीले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेता कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको थियो। नारा जुलुस गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा कटारीमा नारा जुलुस गरिएको थियो ।

विरोध ऱ्याली पार्टी कार्यलयदेखि शुभकामना चोक हुदै गोलपार्कमा कोणसभामा परिणत भएको थियो। विरोध प्रदर्शनलाई सम्बोधन गर्दै युवा संघ कटारी संयोजक ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेर जनताको अधिकारलाई खोस्ने काम गरेको बताए । उनले नेपालमा पहिलो पटक जनताले आफनो अधिकार प्रयोग गरेर बनाएको संविधानलाई संसद विघटन गरेर केपी ओलीले मिच्ने काम गरेको बताए । संयोजक पोखरेलले अब अझै कडा भन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

यस्तै अर्का विधार्थी नेता सुवास ढुंगाना ले गैर संवैधानिक कदमको विरोधमा आफूहरु आन्दोलनमा उत्रेको जानकारी दिए । ढुंगानाले प्रधानमन्त्री केपी ओलीको कदमको घोर भत्र्सना गर्दै कम्युनिष्ट इतिहासमा संसद विघटन एउटा घातक कदम भएको बताए ।

हिजो (आइतबार) जिल्ला सदरमुकाम गाईघाटमा युवा संघ , नेपाल विद्यार्थी संघ र अनेरास्वीयु संयुक्त रुपमा विरोध ऱ्याली गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला समेत जलाएका थिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV