२३ मंसिर २०७७, मंगलवार

काठमाडौं, २३ मंसिर । नेपालमा ५ दिने १२ औं मानवअधिकार राष्ट्रिय महाभेला २०७७ विशेष कार्यक्रम बुधबारबाट सुरु गरिने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महाभेला आयोजकले ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो ।

‘महामारीमा मानवअधिकार स्वास्थ्य सेवामा सबैको पहुँच’ राष्ट्रिय नाराका साथ हुने महाभेलाको मुल कार्यक्रम मंसिर २४ गते विहान ११ बजे जुममार्फत गरिने जनाइएको छ ।

उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ सहभागी हुने महाभेलाले जानकारी दिएको छ । महाभेलाको समापन मंसिर २८ गते जुममार्फन नै गरिने संयोजक गोविन्द बहादुर शाहीले जानकारी दिए ।

५ दिन देशभर प्रदेश स्तरीय, जिल्ला स्तरीय र अन्य विषयगत सवालहरुमा आधारित भएर विभिन्न कार्यक्रम गरिने बताइयो । महाभेलाले मुलुकमा रहेको मानवअधिकारको अवस्थालाई चित्रित गर्ने विश्वास लिइएको छ ।

त्यसैगरी मानवअधिकारको अवस्थालाई अझ सुदृढ बनाउन मार्गनिर्देश गर्ने आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV