हुम्लाका ५ हजार ९ सय ७९ बालबालिकालाई भिटामिन ‘ए’ खुवाईयो



प्रकाशित मिति : Nov 28, 2020
  • जनकबहादुर शाही

हुम्ला, १३ मंसिर । हुम्ला जिल्लाका सातवटा स्थानीय तहका ४४ वडामा रहेका ५ हजार ९ सय ७९ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईएको छ । देशभरी छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई बिहीबार र शुक्रबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईएको हो ।

गत कात्तिक २ र ३ गते खुवाउनुपर्नेमा हिन्दूहरुको माहान चाड दशैँ परेकाले एक महिनापछि मंसिर ११ र १२ गते खुवाईएको हो । देशभरि झै हुम्लामा पनि ५ बर्ष मुनीका ५ हजार ९ सय ७९ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईएको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहोराले बताईन । यसअघि कोरोना भाइरसका कारणले वैशाखमा भिटामिन ‘ए’ कार्यक्रम लागू हुनुपर्नेमा गत असार २२ र २३ गते गरिएको थियो ।

हुम्लाका ७ स्थानीय तहका सबै वडामा स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईएको हो । सरकारले विसं २०५० देखि कुपोषणबाट बचाउन र भिटामिन ‘ए’ बाट हुने रोग नियन्त्रण गर्न भिटामिन ‘ए’ कार्यक्रम लागू गरेको हो । भिटामिन ‘ए’ सँगै जुकाको औषधि ९अल्वेण्डाजोल० र बालभिटा खुवाइन्छ ।

हुम्ला जिल्लाका ४४ वडाका २ सय २४ जना स्वास्थ्य स्वयंसेविका भिटामिन ‘ए’ कार्यक्रममा संलग्न रहेको अनमी बोहोराले बताईन । जिल्ला भरीका ६ महिना देखि ५९ महिना सम्मका पाँच हजार नौ सय ७९ जना बालबालिकालाई बिहीबार र शुक्रबार भिटामिन ‘ए’ खुवाउने कार्य सम्पन्न भएको छ ।

राष्ट्रिय कार्यक्रम अन्तर्गत वितरण गरिने भिटामिन ए ले रोग प्रतिरोधी शक्ति बढाउन र श्वासप्रश्वास रोग रोकथाम गर्न पनि सहयोग गर्ने भएकाले ६ महिनादेखि १२ महिना उमेर समूहका बालबालिकालाई आधा क्याप्सुल र १२ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई एक क्याप्सुल भिटामिन ‘ए’ वितरण गरिएको छ ।

त्यस्तै १२ महिनादेखि २ वर्षसम्मका बालबालिकालाई आधा ट्याब्लेट र २ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई एक ट्याब्लेट जुका विरुद्धका औषधि अल्वेन्डाजोल वितरण गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानएको छ ।

कुपोषणबाट बचाउन ६ महिनादेखि २ वर्ष उमेर समूहका बालबालिकालाई बहुसूक्ष्म पोषकतत्व मिश्रण बालभिटा पनि वितरण गरिएको छ । जिल्ला भरीका बालबालिकालाई बिहीबार र शुक्रबार भिटामिन ‘ए’ खुवाउने काम सकिएको छ यदि कहि कतै भिटामिन ‘ए’ खुवान छुटेका छन भने आईतबार सदरमुकामका लागि जिल्ला अस्पताल र ग्रामिण क्षेत्रका लागि स्वास्थ्य स्वयंसेविकाले खुवाउने ब्यबस्था स्वास्थ्य सेवा कार्यालय हुम्लाल गरेको अनमी बोहोराले बताईन ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com