बुटवल कोरोना विशेष अस्पतालमा २ जनाको निधन



प्रकाशित मिति : Nov 28, 2020
  • शिव डुम्रे

बुटवल, १३ मंसिर ।  लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको गएराति निधन भएको छ । बुटवल र कपिलवस्तुबाट उपचारका लागि भर्ना भएका २ जना पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

मंसिर ९ गते कोरोना पुष्टि भएका कपिलवस्तु- २ गोरुसिङ्गेका ७४ वर्षीय पुरुषको र मंसिर ५ गते कोरोनाको कारण भर्ना भएका बुटवल उपमहानगरपालिका- ७ का ४२ वर्षीय तथा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

उनीहरु दुबैजना पहिलेदेखि नै मृगौलाको बिरामी रहेर डाईलासिस गरिरहेको समेत अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com