मंसिर ७ गतेबाट सिल गरिएको अस्पताल खुला
- जनकबहादुर शाही
हुम्ला, १२ मंसिर । जिल्ला अस्पताल हुम्लामा कार्यरत एकजना चिकित्सकलाई कोरोना संक्रमण भएपछि सबै सेवा बन्द गर्ने गरी मंसिर ७ गतेबाट सिल गरीएको अस्पताल बिहबारबाट खुला गरिएको छ ।
अस्पतालका आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालले बिहबारबाट सबै सेवाहरु खुला गरेकाे स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख कृष्णचन्द्र जैशीले बताउनुभयाे ।
डाक्टरलाई समेत कोरोना संकमण देखिएपछि अस्पताल प्रशासनले सूचना टाँसेर यहिँ मंसिर ७ गतेबाट अस्पताल सिल गरिएको थियो ।
जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई संक्रमण हुन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरी तत्काल अस्पताल सिल गरिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख जैशीले बताउनुभयाे ।
अहिले पछिल्लो समय हुम्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएसँगै गत कात्तिकको दोस्रो साताबाट सञ्चालन
गरिएका जिल्लाका सबै बिद्यालय बन्द रहेएका छन् ।