संक्रमितको निःशूल्क उपचार हुने ७४ सूचीकृत अस्पताल र स्वास्थ्य केन्द्र सार्वजनिक (भिडियो)



प्रकाशित मिति : Nov 26, 2020

काठमाडौं, ११ मंसिर । कोरोना संक्रमितको उपचार खर्चको विषयलाई लिएर भएको लामो रस्साकस्सी र अदालती आदेशपछि सरकारले निशुल्क उपचार हुने सूचीकृत अस्पताल र स्वास्थ्य संस्थाको नाम सार्वजनिक गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ७४ वटा सूचीकृत अस्पताल तथा स्वास्थ्य संस्थाबाट कोरोना संक्रमितको निःशुल्क उपचार हुने छ ।नेपालमा कोरोना संक्रमण देखिए संगै सरकारले कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्दै आएको थियो ।

तर, त्यसपछि कोरोनाको परीक्षण र उपचार आफैले गर्नुपर्ने निर्णय गर्यो जसको चौतर्फी आलोचना भयो त्यसपछि सरकारले कात्तिक ३ गतेपछि सरकारी अस्पतालबाट मात्र कोरोना परीक्षण र उपचार निशुल्क गर्ने भनिएको छ ।

कोरोना संक्रमण भएर उपचार गर्न जाँदा रकम आफैले व्यहोर्ने हो की सरकारले व्यहोर्छ भन्ने अन्यौल धेरैमा छ । पछिल्लो निर्णय अनुसार सरकारले कोरोनाको लक्षण भएका संक्रमितको सरकारी प्रयोगशालामा परीक्षण र निःशूल्क उपचार गर्ने छ ।

संक्रमितको कोरोना बीमा भएको खण्डमा भने परीक्षण र उपचार शुल्क बीमा रकमबाट व्यहोरिने निर्णय गरेको छ । साथै केही निजी र सामुदायिक अस्पताल पनि कोरोनाको निःशूल्क उपचार हुने सूचीमा स्वास्थ्य मन्त्रालयले राखेको छ ।

ति अस्पतालले संक्रमितको उपचार गरे बापत स्वास्थ्य मन्त्रालयबाट लागेको शुल्क पाउने छन् । संक्रमितको उपचार गरेका ति अस्पतालले सामान्य लक्षण भएका संक्रमितको प्रतिव्यक्ति ३ हजार ५ सय जटिल लक्षण भएका बिरामीको १५ हजारसम्म स्वास्थ्य मन्त्रालयबाट रकम बुझ्ने गरेका छन् ।

कोरोनाको निःशूल्क उपचार हुने निजी अस्पतालहरु :

  • बयोधा अस्पताल, बल्खु
  • मेघा अस्पताल, ललितपुर
  • कान्तिपुर अस्पताल प्रालि सुविधानगर, काठमाडौं
  • जनमैत्री अस्पताल, बालाजु, काठमाडौं
  • केडीसी जेनरल अस्पताल, काठमाडौं
  • चितवन मेडिकल कलेज, भरतपुर
  • कलेज अफ मेडिकल साइन्सेज, भरतपुर
  • सर्वाङ्ग स्वास्थ्य सदन अस्पताल, कुपण्डोल
  • शीर मेमोरियल एड्भेन्टीस अस्पताल, काभ्रे
  • विराट मेडिकल कलेज शिक्षण अस्पताल, मोरङ
  • नेशनल मेडिकल कलेज, वीरगञ्ज
  • जानकी अस्पताल, जनकपुर
  • पोखरा एकेडेमी अफ हेल्थ साइन्स, कास्की
  • जीपी कोइराला राष्ट्रिय श्वासप्रस्वास उपचार केन्द्र, तनहुँ
  • सबै सरकारी अस्पतालहरु

परीक्षण र उपचारमा शुल्क तिर्नु पर्ने व्यवस्था लागू भएपछि कोरोना परीक्षण गराउनेको संख्यामा निकै कमी आएको थियो । तर सरकारको पछिल्लो नीतिले कोरोना नियन्त्रणमा सहयोग पु¥याउने विश्वास पनि लिइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com