विश्व फुटबलका महान जादूगर माराडोनाको दर्दनाक अवसान (भिडियो)



प्रकाशित मिति : Nov 26, 2020

काठमाडौं, ११ मंसिर । फुटबलको कला र शैलीका अद्धितीय जादूगर डिएगो अर्मान्डो माराडोनाको निधनले विश्वभरका फुटबलप्रेमीहरु स्तब्ध बनेका छन् ।

विश्वका करोडौ मानिसको मानसपटलमा कहिल्यै विर्सन नसक्ने जादू छरेर गएका माराडोनाले नेपाली जनतासंग पनि विर्सन नसक्ने साइनो गाँसेर विदा हुँदा धेरै नेपाली जनताको आँखा पनि रसाए ।

सन् १९८६ मा मेक्सिकोमा आयोजित विश्वकप फुटबलले जहिले पनि माराडोनालाई अमर पात्रकोरुपमा स्थापित गरेको छ । त्यो विश्वकपको उपाधि अर्जेन्टिनाले जितेन मात्र विश्व फुटबलमा पेले पछि माराडोनालाई नयाँ जादूगरको रुपमा पनि उदय गरायो ।

विशेषत क्वाटरफाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई २–१ ले हराउँदा उनले गरेको निर्णायक गोल विवादास्पद बन्यो । इंगल्याण्डका गोलरक्षकको उचाईलाई छल्न उनले हातको सहारा लिएर गोल गरेका थिए ।

तर रेफ्रीले त्यो गोललाई मान्यता दिए । जुन निर्णय आलोचनाले घेरिए पनि माराडोनाको सो गोल ‘हेण्ड अफ् गड्स’को नामले फुटबलमा स्थापित भएर छोड्यो ।

माराडोनाले १०९० को विश्वकपमा पनि अर्जेन्टिनालाई फाइनलमा पु¥याउन सफल भएका थिए तर उपाधिबाट भने विमुख हुनुपर्दा माराडोनामात्र नभइ उनको खेलसंग मोहित बनेका विश्वका करोडौ फ्यानहरु पनि धेरै दिनसम्म उनीसंगै रोएका थिए ।

उता १९९४ संयुक्त राज्य अमेरिकामा भएको विश्वकपमा भने यी महान जादूगरको दुःखमय अवसान भएको थियो । आफ्नो बाँया पाखुरामा क्युबाली नेता फिडेल क्यास्ट्रोको ट्याटु खोपेपछि उनीसंग क्रुद्ध बनेको अमेरिकालले कोकिन प्रयोग गरेको अभियोग लगाएर विश्वकपको जारी खेलमा प्रतिबन्ध लगायो ।

जुन घटनाको विश्वभर आलोचना भयो तर कसैको केही लागेन । अमेरिकी अभिमान अघि एउटा नायकहरुको जादूको हत्या गर्ने कार्य गरियो । पेलेपछिको पुस्तामा निश्चय नै विकल्पनहीन नायक बने माराडोना । तर उनका धेरै विर्सनलायक व्यवहार पनि थिए । जस्ले उनको ख्यातिमा कुख्याति जोडियो ।

लागू औषधको कुलतमा फस्नु उनको जीवनको सबभन्दा ठूलो भूल रहयो , जस्ले उनको इहलीला ६० बर्षको उमेरमा नै समाप्त गरेर छोड्यो । यद्धपि उनको सुनामको वास्ना कहिल्यै पनि सुगन्धहिन बन्ने छैन ।

उनलाई विर्सन नसक्ने धेरैको आँखा अझै पनि रसाईरहेका छन् अझै पनि भिजिरहेका छन् । सबैले भनिरहेका छन् भावपूर्ण श्रद्धाञ्जली माराडोना ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com