पारस शाहको मुटुमा पुनः समस्या, होटेलमा राखेर उपचार गरिँदै



प्रकाशित मिति : Nov 25, 2020
  • केदार शर्मा,

चितवन, १० मंसिर । चितवनको नारायणगढस्थित सेन्ट्रलपाम होटलमा सहयोगीसहित रहेका पूर्व युवराज पारस शाहमा मुटुमा समस्या देखिएपछि चिकित्सकको टोलीले होटलमै पुगेर उपचार गरेको छ ।

चितवन मेडिकल कलेजका प्राध्यापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्याम राज रेग्मीको नेत्रित्वमा ६ जनाको टोली होटलमा पुगी शाहलाई काेठामै राखेर उपचार गरेको हो । उपचारपछि शाहले केही सहज महसुस गरेको बताएको र रुममै आराम गरिरहेको डा. रेग्मीले बताए । बढी समस्या देखिएमा अस्पतालमै लगेर उपचार गरिने पनि रेग्मीले बताए ।

शाहमा मुटुको गति बढेको र प्रेसर पनि अलि बढेको पाइएपनि अन्य समस्या भने नदेखिएको रेग्मीको भनाइ छ । उनी अहिले गहिरो निन्द्रामा रहेकाले राति बढी समस्या देखिए अस्पतालमै लगेर उपचार गरिने डा. रेग्मीले बताए । आफूहरु तयारी अवस्थामै रहिरहने डा. रेग्मीको भनाइ छ । होटलबाट चिकित्सकको टोली भने अहिले बाहिरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com