कोरोना पोजेटिभ देखिएकाले लक्षण देखिन छोडेपछि दोहो-याएर पीसीआर परीक्षण गर्नु नपर्ने (भिडियो)



प्रकाशित मिति : Nov 25, 2020
  • रिया भण्डारी,

काठमाडौं, १० मंसिर । स्वास्थ्य मन्त्रालयले एक पटक कोरोना पोजेटिभ देखिएकाले लक्षण देखिन छोडेपछि वा १४ दिनपछि दोहोर्याएर पीसीआर परीक्षण गर्नु नपर्ने जनाएको छ ।

अब पीसीआर पोजेटिभ भएर होम आइसोलेसनमा बसेकाहरुले १४ दिन आइसोलेसनमा बसेर दोहोर्याएर पीसीआर नै नगरी निस्किन मिल्ने भएको छ । यसो गर्दा कुनै जोखिम नबढ्ने मन्त्रालयले प्रष्ट पारेको छ ।

हाल एकपटक कोरोना पोजेटिभ देखिएर आइसोलेसनमा बसिसकेपछि हप्ता हप्तामा दोहो-याएर पीसीआर गर्ने र नेगेटिभ रिपोर्ट नआएसम्म आइसोलेसन मै बस्ने चलन छ ।

तर अब दोहोर्याएर पीसीआर गर्नु नपर्ने भएको छ एकपटक पोजेटिभ आएर १४ दिन आइसोलेसनमा बसेपछि वा लक्षण हराएपछि पीसीआर नै नगरी बाहिर निस्कन सकिने छ ।

कोरोना भाइरस संक्रमण पछि यसको लक्षण देखा परुन्जेलसम्म अझ धेरै फैलने संभावना हुन्छ । जति–जति लक्षण देखिएको मिति वित्दै जान्छ उतिनै संक्रमण फैलने संभावना न्यून हुँदै जाने चिकित्सक बताउछन् ।

भाइरस जीवित नभए पनि महिनौंसम्म पीसीआर पोजेटिभ देखिन सक्छ । त्यसैले पीसीआर नेगेटिभ नआउन्जेलसम्म पीसीआरको पछि लाग्नु पर्ने आवश्यकता नरहेको चिकित्सक बताउछन् ।

संक्रमित व्यक्तिमा लक्षण देखिएर निको हुँदै गएको समय जति बित्दै जान्छ, उति नै सर्ने सम्भावना न्यून भएर जान्छ । स्वास्थ्य मन्त्रालयका कर्मचारी समेत दोहोर्याएर पीसीआर नगरी काममा फर्किने गरेका छन् ।

कोरोना संक्रमण निको भएकामा पुनः संक्रमणको सम्भावना कति ?

नेपालमा पुनः संक्रमण अहिलेसम्म कतिलाई भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसंग नै छैन । केही अध्ययनहरुले ३ देखि ५ महिनापपिछ पुनः संक्रमणको जोखिम रहेको बताए पनि बिज्ञहरुले दोहोरिएर कोरोना संक्रमण सम्भावना न्यून भएको बताएका छन् ।

यद्दपि आफूलाई संक्रमण नभए पनि अन्यलाई सार्ने खतरा हुने हुँदा मास्क लगाउने ,दूरी कायम गर्ने र हात सफा राख्ने जस्ता सचेतना भने अपनाउनु पर्छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com