यती होटेलमा आगलागी



प्रकाशित मिति : Nov 22, 2020

सोलुखुम्बु, ७ मंसिर ।  खुम्बुपासाङ ल्हामु गाउँपालिका ३ फाग्दिङस्थित यती माउन्टेन होम (होटल)मा आगलागी हुँदा रु दुई करोड बराबरको क्षति भएको छ । आज बिहान करीब ९ बजे विद्युत् चुहिई आगलागी हुँदा होटल पूर्ण रुपमा जलेको छ ।

आगलागीबाट होटलको भौतिक संरचनासहित त्यहाँ रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिनुभयो ।

आगो लागेको करीब पाँच घण्टापछि स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उक्त रिसोर्ट यती ग्रुपमार्फत करीब १२ वर्षअघिदेखि स्थानीयवासी ल्हाक्पासोनाम शेर्पाले सञ्चालन गर्नुभएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com