एनआरएन बेल्जियम नमूना राष्ट्र बन्दै



प्रकाशित मिति : Nov 22, 2020
  • इन्दिरा चाम्लिङ

ब्रसेल्स, ७ मंसिर । एनआरएनए बेल्जियमले अर्थको राम्रो स्रोत भेटिएको छ ।गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले निःशुल्क सदस्यको कुरा उठाएपछि एनआरएनएले स्रोतको खोजी गर्दै आएको थियो । धेरै एनसीसीहरुको खर्चको एकमात्र स्रोत सदस्यताबाट लिने रकम भएका कारण अन्य स्रोतको खोजी गरिएको थिएन ।

पत्रकार महासंघ यूरोप सदस्य रविचन्द्र भट्टराईका अनुसार संस्था चलाउन एनआरएनए बेल्जियमले अर्थको राम्रो स्रोत भेट्टाएको आज नेपाल पत्रकार महासंघ यूरोप शाखाको कार्यक्रममा उपस्थित संस्थाका पदाधिकारिहरुले बताएका छन् । एनआरएनए बेल्जियमले त्यहाँको स्थानीय बिमा कम्पनीसंग एक किसिमको सम्झौता गरेको छ । जसले त्यहाँ स्थित नेपाली र बिमा कम्पनीबीचमा मध्यस्तताको भूमिका खेल्नेछ र त्यसबाट केही फाइदा नेपालीलाई र केही फाईदा एनसीसीले पाउने भएको छ ।

बेल्जियममा स्वास्थ्य बिमा अनिवार्य छ । अब त्यहाँस्थित नेपालीहरुले गर्ने बिमा एनआरएनए मार्फत गरे आफू र एनसीसी दुवैलाई फाइदा हुने भएको छ । एनआरएनए बेल्जियमले सबै नेपालीहरुलाई यस अभियानमा सहभागी हुन अनुरोध गरेको छ । आर्थिक रुपमा मात्रै नभएर अतिरिक्त बिमाका फाइदाहरु पनि भएको पदाधिकारिहरुको बताए ।

एनसीसी बेल्जियमले यही नोभेम्बर २९ तारिख साधारण सभाको घोषणा पनि गरिसकेको छ । सह–कोषाध्यक्ष लोक प्रसाद दाहालले एनसीसी बेल्जियमले गरेको जस्तै स्रोतको खोजी बिमाको माध्यमबाट गर्न अन्य एनसीसीलाई पनि सम्भव भएको बताएका छन् ।

एनसीसी अध्यक्ष चित्र सुबेदीका अनुसार एनसीसी बेल्जियमले आर्थिक मुनाफा गर्नेखालको यसप्रकारको सम्झौताले कुनै कानूनी अप्ठेरो नपर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com