सर्जक रविन शर्माको शब्दमा रहेको मार्मिक गीत ‘मेरी आमा’ सार्वजनिक (भिडियाे)



प्रकाशित मिति : Nov 22, 2020

काठमाडौं, ७ मंसिर । सर्जक रविन शर्माको शब्दमा रहेको मार्मिक गीत ‘मेरी आमा’ सार्वजनिक भएको छ । रवीन शर्माको शब्द रहेको गीतमा राम कृष्ण बम मल्लको संगित अनि गायक सुरज थापा स्वर रहेको छ ।

गीतको भिडियोमा उमेरले नेटो काट्दै गरेकी बुढी आमालाई घरमा एक्लै छाडेर परदेशीने सन्तान र त्यहि परदेशी सन्तान फर्कनेदिन गन्दै बस्ने आमाको मनोदशालाई गीतले अत्यन्तै सजिव ढंगबाट प्रस्तुत गरेको छ । यो वर्तमान नेपालको अघिकांश परिवारको भोगाई हो, सायद त्यसैले होला यो गितले मस्तिष्कमात्र होईन सीधै मुटुनै छोईदिन्छ ।

सर्जक रबिन शर्माकै निर्देशनमा तयार यो गितको भिडियोमा शर्मासंगै राजन राई र गोमा उपाध्यायको अभिनय समेटिएको छ । युट्युब मार्फत सार्वजनिक भएको यो गित हेर्ने र सुन्ने जतिले अत्यन्तै रुचाएका छन् । मानवीय समवेदनासंग जोडिएका निकै शसक्त शब्दहरुमा अत्यन्तै कुसलताका साथ खेल्न सक्ने रबिन शर्माको यो गितमा पनि त्यहि सुगन्ध भेटिन्छ ।

भिडियाे


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com