सरकारले विभिन्न क्षेत्रका उत्कृष्ठ १५ कर दाताहरुलाई सम्मान गर्यो



प्रकाशित मिति : Nov 22, 2020

काठमाडौं, ७ मंसिर । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व बिभागले सबैभन्दा धेरै कर दाखिला गर्ने व्यक्तिसहित १५ उद्योग तथा संस्थाहरुलाई सम्मान गरेको छ । आयकरतर्फ आर्थिक वर्ष २०७५\७६ र मूल्य अभिवृद्धि करतर्फ आर्थिक वर्ष २०७६\७७ लाई आधार मानेर कर दाताहरुलाई सम्मान गरेको हो ।

बिगतमा सरकारले मंसिर १ गते कर दिवसकै दिन उत्कृष्ट कर दाताहरुलाई सम्मान गरेको हो । यो बर्ष मंसिर १ गते तिहार परेका कारण आइतबार उत्कृष्ट करदाता घोषणा गर्दै विभागले सम्मान गरेको हो ।

विभागको सूची अनुसार सबैभन्दा बढी कर तिर्ने कम्पनी सूर्य नेपाल भएको रहेको छ । निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी भने डाबर नेपाल प्रालि रहेको छ । बढी आयकर तिर्ने विशेष उद्योगका रुपमा हिमाल पावर कम्पनी रहेको छ।

कृषि एवम् पशुपंक्षी उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता अन्नपूर्ण एग्रो एण्डष्ट्रिज प्रालि रहेको छ । त्यस्तै यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने उद्योगी विजयबहादुर शाहको नाम रहेको छ ।

अन्य उत्कृष्ठ करदाता कम्पनीको सूची बिस्तृतमा


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com