तत्कालीन राजा बीरेन्द्रको परिवार बस्ने निजी निवास सर्वसाधारणका लागि खुल्ला गरियो (तस्वीर)



प्रकाशित मिति : Nov 22, 2020
  • तस्वीर : महेश्वर के.सी./न्यूज २४,

काठमाडौं, ७ मंसिर । तत्कालीन राजा वीरेन्द्र शाहको परिवार बस्ने निजी निवास आजबाट सर्वसाधारणका लागि खुला गरिएको छ ।

नारायणहिटी दरबार संग्रहालय विकास समितिले राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन बस्ने गरेको घर ‘श्री सदन’ आजबाट सर्वसाधारणका लागि खुला गरेको हो ।

२०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशै नाश हुने गरी दरबार हत्याकाण्ड भएदेखि बन्द रहेको उक्त सदन सर्वसाधारणका लागि खुला गरिएको हो । तत्कालीन राजा वीरेन्द्रकै डिजाइनमा २०२३ सालमा श्री सदन भवन निर्माण गरिएको थियो ।

सङ्ग्रहालय प्रवेशका लागि नेपाली नागरिकका लागि दुई सय बिद्यार्थीका लागि रु ५०, चीन र सार्क राष्ट्रका नागरिकलाई ५ सय र अन्यलाई रु एक हजारको व्यवस्था छ ।

श्री सदनको पहिलो तलामा राजा वीरेन्द्र सुत्ने कोठा र रानी ऐश्वर्यको कोठा छन् । रानी ऐश्वर्यको कोठामा उनले हेर्ने गरेको टेलिभिजन, गीतका क्यासेट र क्यासेट प्लेयर छन् । दोस्रो तलामा कान्छा छोरा निराजन र छोरी श्रुतीका कोठा छन् ।

यसैगरी तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी पनि अवलोकन गर्न पाइने छ । त्यहाँ दीपेन्द्र, श्रुती र निराजनका खेलौना गाडीहरु पनि राखिएका छन् । वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकन गर्न पाइने छ ।

   


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com