कार दुर्घटनामा अमेरिकी सेनामा कार्यरत २३ वर्षीय नेपाली युवकको ज्यान गयो



प्रकाशित मिति : Nov 22, 2020

काठमाडौं, ७ मंसिर । अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा एक नेपाली युवकको कार दुर्घटनामा ज्यान गएको छ ।शनिबार राति कार दुर्घटनामा परी अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको मृत्यु भएको जनाइएको छ । गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका २३ वर्षका सुरेश श्रेष्ठको दुर्घटनामा मृत्यु भएको हो ।

अवैध पार्किङ गरिएको मालवाहक ट्रकमा कार ठोक्किदा श्रेष्ठको टाउको र शरीरको भित्री भागमा चोट लागेको थियो । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ओक्लाहोमा न्युज फोर अनलाइनमा उल्लेख छ ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com