हुम्लाको कृषि विकास कार्यालयको गेटमा राखिएका २ वटा बम नेपाली सेनाद्धारा डिस्पोज



प्रकाशित मिति : Nov 22, 2020
  • जनकबहादुर शाही

हुम्ला, ७ मंसिर । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको कृषि विकास कार्यालयको मुल गेटमा दुईटा बम भेटिएका छन् । कृषि विकास कार्यलयका कार्यलय सहयोगी रामदल राउतले आइतबार बिहान देखेका थिए ।

सुरुमा उनले २ लिटरको स्टिलको बाल्टी देखेको बताए । उनले कसैले बाल्टी बिर्सिएको ठानेर वास्ता नगरेको तर भरै राम्ररी हेर्दा प्लास्टिकको टेपले बेरिएको अवस्थामा केही शंकास्पद वस्तु मुल गेटमा झुण्डाएको देखेपछि जिल्ला प्रहरी कार्यलय हुम्लालाई खबर गरेको उनले बताए ।

त्यस लगत्तै घटनास्थल पुगेको नेपाल प्रहरीको टोलीले बाल्टिन बम र सकेट बम हुन सक्ने अनुमान गरेपछि जिल्ला कृषि बिकास कार्यालय बरपर मानिसको आवतजावत बन्द गरि सुरक्ष ब्यबस्था कडा गरिएके थियो । नेपाल प्रहरी ससस्त्र प्रहरी बल र नेपाल सेनाको टोलीले निरीक्षण गर्दा एक वटा बाल्टिन बम र अर्को सकेट बम भेटिएको पुष्टि भएको हो ।

उक्त बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रीय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी सूर्यप्रकाश सुवेदीले बताउनुभयो । उक्त बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले सिमकोट गाउँपालिकाको वडा नम्बर ५ को खुला जमिनमा लगेर निस्क्रिय पारेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com