मन्त्रालयद्वारा विदेशबाट आउनेलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस



प्रकाशित मिति : Nov 22, 2020

काठमाडौं, ७ मंसिर । विदेशबाट आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिमा राख्नको लागि सिफारिस गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थल तथा हवाई मार्गबाट आउनेहरुलाई १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न सिफारिस गरेको हो ।

१४ दिनको समयभित्र कोरोना भाइरस संक्रमणको लक्षण देखिए मात्र परीक्षणको व्यवस्था गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com