नेप्से परिसूचकले दिनदिनै नयाँ रेकर्ड बनाउँदै, एकैदिन रु ६ अर्ब ९० करोड बढीको कारोबार



प्रकाशित मिति : Nov 22, 2020

काठमाडौं, ७ मंसिर । आइतबार (आज) सेयर बजारले पुनः नयाँ रेकर्ड कायम गरेको छ । आज सेयर बजारमा अहिलेसम्मकै सर्वाधिक ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज नेप्से परिसूचक ४.६९ अंकले बढेर १७८२.८१ विन्दूमा पुगेको छ, भने २०१ कम्पनीको ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । जहाँ १ करोड ६० लाख भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ ।

लगानीकर्ताले आइतबार (आज) १८ सय विन्दूको मनोवैज्ञानिक रेखालाई पनि पार गरेर फर्किएकोले बजार परिपक्क रुपमा अघि बढेको विश्वास गरेका छन् । यसअघिको नेप्से परिसूचकको अधिकतम विन्दू १८८१ हो ।

त्यसोत, गत बिहीबार मात्रै पनि नेप्से परिसूचक ३६.३२ अंकले बढेर १७७८.१२ विन्दूमा पुगेको थियो । जहाँ कूल १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ मूल्यमा खरिद बिक्री भएका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com