काठमाडौं उपत्यकामा ९ सय ५७ संक्रमित थपिए, उपत्यकामा संक्रमणको दर घट्दो अवस्थामा



प्रकाशित मिति : Nov 22, 2020

काठमाडौं, ७ मंसिर । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ५७ संक्रमित फेला परेका छन् । जस्मा ४ सय १५ महिला र पुरुष ५ सय ४२ रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ५७ संक्रमित थपिएका हुन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ४ हजार ४ सय ९ पुगेको छ ।

योसंगै काठमाडौंमा ८३ हजार ४६ जना, ललितपुरमा १२ हजार २ सय ४४, भक्तपुरमा ७ हजार ४ सय ३८ जना संक्रमित पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com