महात्मा गान्धीको बिग्रिएको घडी १२ हजार पाउन्डमा बिक्री



प्रकाशित मिति : Nov 22, 2020

एजेन्सी, ७ मंसिर । महात्मा गान्धीले ”लगाएको र बिग्रिएको ” घडी १२ हजार पाउन्ड (झण्डै अठार लाख रुपैयाँ)मा बिक्री भएको छ।उक्त घडी कुनै समय महात्मा गान्धीले लगाएको थियो । घडी किन्ने व्यक्ति अमेरिकाका एकजना निजी सङ्कलक रहेको जनाइएको छ ।

चाँदीको जलप भएको स्वीस घडी अहिले घडीको स्वामित्व भएका व्यक्तिको हजुरबुवालाई गान्धीले सन् १९४४ मा ”उनको समर्पणका लागि धन्यवाद स्वरूप” दिएको बीबीसीमा उल्लेख छ ।

लिलामीकर्ता एन्ड्र्यू स्टोले शुक्रवार इस्ट ब्रिस्टल अक्सनमा १० हजार पाउन्ड प्राप्त गर्ने आशा राखेका थिए।

यसअघि गान्धीले लगाएको ठानिएको चस्माको लिलामी भएको थियो। गत अगस्टमा लिलामी भएको उक्त चस्मा २ लाख ६० हजार पाउन्डमा बिक्री भएको थियो। बीबीसीबाट

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com