नेपाली साहित्यमा प्रवासी महिलाहरूको भूमिकाबारे चर्चा



प्रकाशित मिति : Nov 22, 2020

काठमाडाैँ, ७ मंसिर । नेपाली साहित्यमा प्रवासी नेपाली महिलाको भूमिका र योगदानको विषयमा एफएनजे युरोप ३६ औं शृङ्खला शनिबार सम्पन्न भएको छ ।

महासचिव द्रोण रिजाल, नेदरल्यान्डका अनुसार नेपाली साहित्यमा प्रवासका महिलाहरुले खेलेको भूमिकाकाे प्रशंसा गर्दै महिलाले भोग्नुपरेको समस्याको चर्चा गरिएकाे थियाे । पुरुष प्रधान समाजमा महिलाले ठुलो संघर्ष गर्नुपरेको अवस्था अझै पनि विद्यमान रहेको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रीय समिति सचिव लक्ष्मी पुनले बताउनुभयो ।

पत्रकारहरुको युरोप शाखाको वर्तमान अवस्थाको बारेमा जिज्ञासाको जवाफ दिँदै पत्रकार महासंघ केन्द्रीय सचिव लक्ष्मी पुनले युरोप शाखाले गरेको कामको प्रशंसा गर्दै केजिन राईको नेतृत्वमा युरोप शाखाको सक्रियता अत्यन्त उदाहरणीय र समावेशी रहेकोमा धन्यवाद दिनुभयो । पुनले भन्नुभयो, “युरोप शाखामा केजीन राईको विकल्प नभएको, राम्रो काम गर्दा खुट्टा तान्ने प्रवृत्ति युरोप शाखामा रहेको भन्ने केन्द्रको बुझाइ छ । अझ राम्रा काम गर्दै जान विश्वाससहित शुभकामना र शाखालाई आधिकारिक बधाई दिन चाहन्छु ।”

एनआरएनए आईसिसी र एनसिसीमा रहेर सामाजिक अभियानमा महिलाको नाताले आफुले गरेको कामको अनुभवसहित एनआरएन पूर्व बेल्जियम अध्यक्ष तथा निवर्तमान केन्द्रीय सचिब अतिथी जानकी गुरुङले कविता सुनाउनुभएको थियो ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज नर्वेकी अध्यक्ष अतिथी बिष्णुमाया बिभुले साहित्यमा महिलाको र बर्तमान अवस्थामा युवाहरुमा साहित्यमा सहभागीता गराउन समाजको महत्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिँदै आफ्नो कविता वाचन गर्नुभएको थियो । यसैगरी अन्य स्रस्टाहरूले समेत कविता वाचन गर्नुभएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com