मोटरसाइकल दुर्घटनामा परि एक प्रहरी जवानको मृत्यु, एक घाइते



प्रकाशित मिति : Nov 22, 2020

काठमाडौं, ७ मंसिर । बारामा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका १ का २७ बर्षका राजकिशोर साह रहेको जिल्ला प्रहरी कार्यालय बारले जनाएको छ ।

उनी ना.६२.प.३६७ नम्बरको मोटरसाइकल मार्फत लङ्गडाचोकबाट बरियारपुरतर्फ जाँदै गर्दा महागढीमाई नगरपालिका–८ जोलगाभा स्थित थलहीमा दुर्घटनामा परेका थिए । उनी पर्साकै खेस्राहा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान हुन् ।

उनले चलाएको मोटरसाइकल अत्याधि गतिमा रहेका कारण अन्यन्त्रीत भई दुर्घटनामा भएको प्रहरीकाे भानाइ छ । दुर्घटमा अर्का एक घाइते भएका छन्  । उनको उपचार भइरहेको बारा प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com