उदयपुरको ताप्ली गाउँपालिका कार्यालय भवनमा बम विस्फोट



प्रकाशित मिति : Nov 22, 2020
  • अभिमन्यु लामिछाने

उदयपुर, ७ मंसिर । उदयपुरको ताप्ली गाउँपालिका- ५ रुपाटारमा रहेकाे कार्यालय भवनमा शनिबार राति १ः१५ बजे अज्ञात समूहले बम विस्फोट गराएको छ । अज्ञात समुहले गाउँपालिकाको नागरिक सहायक कक्षमा बम विस्फोट गराएको छ भने अर्को एउटा बम गाउँपालिकाको गेटमा भेटीएको छ।उक्त बम विस्फोट हुन बाँकी रहेको छ ।

नागरिक सहायता कक्षमा बम विस्फोटले गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए । विस्फोटले ती कार्यकक्षको ढोका, झ्याल, टेबल कम्प्युटर, दराज,प्रिन्टर, लगायतका सामानमा क्षति भएको एसपी दाहालले जानकारी दिनुभएको छ।अहिले गाउपालिकाको कार्यलय प्रहरीले सील गरेर नियन्त्रणमा लिएको एसपी दाहालले जानकारी दिए ।

यस्तै गाउँपालिकाको गेटमा एउटा बम विस्फोट हुन बाँकी रहेकोले डिस्पोजल गर्न १८ नं. बाहिनी अड्डा भुल्केलाई खबर गरि नेपाली सेना ताप्ली हिडीसकेको एसपी दाहालले जानकारी दिए । बम विस्फोटको कसैले जिम्मा नलिएको घटना स्थलमा कुनै प्रचाहरु समेत नभेटीएकोले कस्ले बम बिस्पोट गराएको हो अहिले अज्ञात नै रहेको एसपी दाहालले जानकारी बताए। घटना बारे अनुसन्धान अघि बढीसकेको प्रहरी जनाएको छ। गाउँपालिकाको आफ्नै कार्यालय नहुँदा पालिका केन्द्र महेन्द्र रत्न माध्यमिक विद्यालयको भवनमा भाडामा संचालनमा रहेको पालिकाको भवनमा बम बिस्पोट भएको हो।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com