हालान्डको ४ गोलमा डर्टमण्डको शानदार जित



प्रकाशित मिति : Nov 22, 2020

काठमाडौं, ७ मंसिर । इर्लिङ हालान्डको चार गोलमा बोरुसिया डर्टमण्डले जर्मन बुन्डेस लिगा फुटबलमा शानदार जित निकालेकाे छ । शनिबार राति भएको खेलमा डर्टमण्डले हेर्थलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

हेर्थको घरेलु मैदानमा भएको खेलमा डर्टमण्डलाई जित दिलाउन हालान्डले चार गोल गरे । त्यस्तै राफेल गुरेइरोले एक गोल गरे । उता हेर्थका लागि माथिउस चुन्हाले दुई गोल गरे ।

खेलको ३३ औं मिनेटमा चुन्हाको गोलबाट घरेलु टोली हेर्थले अग्रता बनाएको थियो । पहिलो हाफमा १-० गोलले पछि परेको डर्टमण्डले दोस्रो हाफमा पाँच गोल गर्न सफल भएको थियो ।

४७ औं मिनेटमा हालान्डले डर्टमण्डका लागि बराबरी गोल फर्काए । ४९ औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डको अग्रता दोब्बर पारे ।

६२ औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गर्दै डर्टमण्डको अग्रता ४-१ गोलमा पुगाए । ७० औं मिनेटमा डर्टमण्डका लागि चौथो गोल गरे । ७९ औं मिनेटमा हेर्थका लागि चुन्हाले गोल गर्दै टिमलाई ४-२ गोलको अवस्थामा पुर्याए ।

७९ औं मिनेटमा हालान्डले व्यक्तिगत चौथो गोल गर्दै टिमलाई जित दिलाए । जितसँगै डर्टमण्डले लिगमा आठ खेलबाट १८ अंक जोडेको छ । डर्टमण्ड अंक तालिकाको दोस्रो स्थानमा छ ।

पराजित हेर्थ ७ अंकसहित तालिकाको १३ औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com