प्युठानको रक्तेपोखरी भीरबाट लडेर एक युवकको मृत्यु



प्रकाशित मिति : Nov 21, 2020

प्युठान, ६ मंसिर । प्युठानमा भीरबाट लडेर आज एक युवकको मृत्यु भएको छ ।

प्युठान नगरपालिका वडा नं ६ झुलेनी घुमेर फर्कने क्रममा प्युठान नगरपालिका वडा नं ४ स्थित रक्तेपोखरी भीरबाट लडेर प्युठान नगरपालिका वडा नं २ क्वाडीका २० वर्षीय युवक राहुल घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय विजुवारले जनाएको छ ।

छ जना युवकको समूह झुलेनी पुगेको र फर्कने क्रममा राहुल भीरबाट लडेको इलाका प्रहरी कार्यालय विजुवार प्युठानका प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए । राहुलको शव १५० मिटर तल भेटिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com