गण्डकी प्रदेशमा १०९ जना सङ्क्रमित थपिए, दुई संक्रमितको मृत्यु



प्रकाशित मिति : Nov 21, 2020

गण्डकी, ६ मंसिर । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १०९ कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं १३ का ७९ वर्षीय पुरुष र पर्वतको मोदी गाउँपालिका वडा नं ६ का ६१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकीमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या १४१ पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार ९३६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दू शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म छ हजार २१४ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५८१ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com