वरिष्ठ शल्यचिकित्सक डा.ध्रुव मुडभरीको कोरोनाबाट निधन



प्रकाशित मिति : Nov 21, 2020

काठमाडौं, ६ मंसिर । वरिष्ठ चिकित्सक डा ध्रुव मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ । पीसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो ।

त्यहाँ उपचारका क्रममा आज उनको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिए । राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पु-याएका डा मुडभरी ॐ अस्पतालका संस्थापक हुन् ।

उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । स्व मुडभरीको आजै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com