तनहुँको पञ्चनगरमा मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु



प्रकाशित मिति : Nov 21, 2020

दमौली, ६ मंसिर । तनहुँको भानु नगरपालिका-५ पञ्चनगरमा आज मोटरसाइकलको ठक्करले एक बालकको मृत्यु भएको छ ।

डुम्रे चन्द्रावती भित्री सडकखण्डमा चन्द्रावतीबाट डुम्रेतर्फ आउँदै गरेको बा७०प ६९०१ नंको मोटरसाइकलको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राजु सिङ्खडाका छोरा आइज्याक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बालकको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।

बालकको टाउकामा चोट लागेको थियो । ठक्कर दिने मोटरसाइकल प्रहरी नियन्त्रणमा छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com